ब्याट्री आपूर्तिको स्थायित्वका लागि ईभीका स्टार्टअप भेन्डरले स्थापित अटो निर्मातासँग प्रतिस्पर्धा गर्न सकेनन्

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार
ब्याट्री आपूर्तिको स्थायित्वका लागि ईभीका स्टार्टअप भेन्डरले स्थापित अटो निर्मातासँग प्रतिस्पर्धा गर्न सकेनन्

काठमाडौं ।

विद्युतीय सवारीका स्टार्टअप भेन्डरहरु ईभी ब्याट्रीको सुरक्षित आपूर्तिको पाटोमा अन्तरराष्ट्रिय अटो निर्माताहरुसँगको प्रतिस्पर्धामा निकै पछाडि रहेका पाइएको छ।

फक्सवागन, डेम्लर, बीएमडब्लू, फोर्ड मोटर तथा जनरल मोटर्सजस्ता अन्तरराष्ट्रिय अटो निर्माताले आईसीई इन्जिनबाट विद्युतीयमा परिवर्तन हुँदै गरेको र आफ्ना साखअनुसारका ठूलो परिमाणमा विद्युतीय सवारी विश्व बजारमा बेच्ने अपेक्षा गरिएको छ।

यस हिसाबले उनीहरु ईभी ब्याट्रीको स्थायी आपूर्ति सम्बन्धमा ब्याट्री निर्मातासँग साझेदारी र सम्झोताका लागि मोलमोलाई गर्ने दरो सामर्थ्य राख्छन्।

तर ईभीका स्टार्टअप भेन्डरका लागि भने यो क्षेत्रमा निकै चुनोती र जोखिम पनि रहेको छ। उनीहरुका लागि कच्चा पदार्थको आपूर्ति पनि उस्तै प्रकारले नहुने भएकाले उत्पादनदेखि बिक्री वितरणसम्ममा पनि जोखिम ब्यहोर्नुपर्ने अवस्था छ।

यद्यपि, टेस्ला भने ईभीका स्टार्टअपमध्ये अपवादका रुपमा आएको छ। यो कम्पनी हाल अन्तरराष्ट्रिय ईभी भेन्डरले भन्दा बढी सङ्ख्यामा ईभी बिक्री गरेर विश्वभरमा सबैभन्दा ठूलो ईभी भेन्डरका रुपमा चिनिएको छ।

ईभी ब्याट्रीको ७० प्रतिशत हिस्सा पानासोनिक, एलजी इनर्जी सोलुशन, एसके इनोभेशन, सामसङ एसडीआई तथा चिनियाँ कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी सीएटीएल तथा बीवाईडीले ओगटेका छन्।

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...