एमएड पहिलो सेमेस्टरमा भर्नाका लागि अनलाइन फारम बुझाउँदै हुनुहुन्छ? म्याद भदौ ३१ सम्म थपियो

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले एमएड प्रथम समेस्टरमा भर्ना हुनका लागि अनलाइन फारम बुझाउने म्याद भदाै ३१ गतेसम्म थप गरेको छ ।

त्रिविअन्तर्गत शिक्षा शास्त्र संकायले आफ्नो आधिकारिक वेबसाइटमा गत बुधबार एउटा सूचना प्रकाशित गर्दै अनलाइन आवेदन दिन चाहनेहरुका लागि आगामी भदाै ३१ गतेसम्म फारम बुझाउन सकिने गरी म्याद थप गरेको जानकारी गराएको हो।

सूचनामा विभिन्न कारणले वेबसाइटबाट अनलाइन रुपमा फारम भर्न नसक्ने विद्यार्थीका हकम उनीहरुले आफूले पढ्न चाहेको सम्बन्धित क्याम्पसमा भौतिक रुपमै सम्पर्क गरेर फारम भर्ने व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ।

यसबाहेक थप गरिएको मितिसम्म पनि कुनै विद्यार्थीले कुनै कारणवश अनलाइन वा भाैतिकरुपमा फाराम भरेर बुझाउन नसकेका त्रिविले सधैं दिँदै आएको दोब्बर दस्तुरसहित फाराम भर्ने अर्को ७ दिन म्यादको सुविधा यसपटक पनि दिइएको छ।

यस्ता विद्यार्थीले आगामी असोज ५ गते भित्र दोब्बर दस्तुर तिरेर फाराम बुझाउँदा आधिकारिक रुपमा प्रवेश परीक्षाका लागि योग्य हुने विश्वविश्यालयको शिक्षा शास्त्र संकायले जनाएको छ।

अनलाइन आवेदनका लागि  शिक्षा शास्त्र संकायको निम्न वेबसाइटमा गएर अनलाइन फाराम भर्न सकिनेछ।

एमएड प्रथम वर्ष अनलाइन फा्राम बुझाउनका लागि वेबसाइट  

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया