प्रविधिमैत्री सिकाइका लागि शिक्षकलाई ल्यापटप

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार
प्रविधिमैत्री सिकाइका लागि शिक्षकलाई ल्यापटप
सांकेतिक तस्बिर

काठमाडौं ।

प्रविधिमैत्री सिकाइका लागि कन्या मन्दिर माध्यमिक विद्यालय काठमाडौंका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ।

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमअन्तर्गत २७ जना शिक्षकलाई ल्यापटप प्रदान गरियो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिक–२५ का अध्यक्ष नीलकाजी शाक्यले प्राप्त ल्यापटपलाई शैक्षिक तथा रचनात्मक कार्यमा प्रयोग गर्न सुझाव दिए ।

यस्तै काठमाडौँ महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धरले शिक्षण सिकाइमा उपकरण निकै उपयोगी हुने र ल्यापटप प्रयोगसम्बन्धी प्राविधिक ज्ञानका लागि तालिमको आयोजना गरिने बताए । गोरखापत्र

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार