
काठमाडौं ।
मोबाइल चिप आपूर्तिकर्ताहरुले फाइभजी सलुसनमा ध्यान केन्द्रित गरिरहेको बेलामा फोरजी स्मार्टफोन चिप्सको आपूर्तिमा कटौती गरीरहेका छन्। जसले फोरजी मोबाइल चिप्सको मूल्यहरु यस बर्षको दोस्रो अर्धवार्षिकमा बढ्ने र फाइभजी चिपको मूल्य घट्ने उद्योग स्रोतहरुले बताएको डिजिटाइम्सले जनाएको छ।
डिजिटाइम्सकाअनुसार मिडियाटेक, क्वालकम, यूनीसाेक, शाओमी र ओपोसहित चिप विकासकर्ताहरु सबैले आफ्नो नवीनतम फाइभजी मोबाइल चिप्सको प्रचार गर्न शुरू गरेका छन् । यसका साथमा मिडियाटेक र क्वालकमले आफ्नो फाइभजी चिप उत्पादन लाइनअप लाई बिभिन्न क्षेत्रहरुलाई कभर गर्नको लागी अपग्रेड गरी सकेका छन्।
वेफर फाउन्ड्रीहरुबाट पर्याप्त समर्थनको अभावमा, ४जी चिप आपूर्तिको मूल्य वृद्धिसंगै संकुचन हुन जारी छ।
चिनियाँ ह्यान्डसेट ओडिएमहरुका स्रोतहरूले बताएअनुसार ५जी स्मार्टफोनको माग परिपक्व बजारहरुमा बलियो बनेको छ र आगामी २-३ बर्षहरुमा हरेक बर्ष ५जी स्मार्टफोनको ढुवानी बजारमा दोब्बर हुनुपर्छ।
यदपी धेरै उदीयमान बजारहरुमा अझै पनि मुख्यरूपमा ४ जी प्रविधि चलिरहेको छ । जसले गर्दा ४जी स्मार्टफोन र सम्बन्धित चिप सलुसनहरुले अब ४जी चिप्सको मार्जिनका कारण पहिले भन्दा उच्च मुनाफा को आनन्द लिइरहेका छन्। संभवत सन् २०२१ मा ५ जी चिप्सको मार्जिनको तुलनामा ४जी चिप्सको मार्जिन अधिक हुने बताईएको छ।
प्रकाशित: ६ भाद्र २०७८, आईतवार