होटल साम्बालाद्वारा जुम रुमको व्यवस्था, मिटिङ गर्न एडभान्स प्रविधिको प्रयोग

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार

काठमाडौं ।

काठमाडौंको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ । विभिन्न कन्फ्रेस लगायत मिटिङहरू स्वास्थ्यको मापदण्ड पालना गर्दै सम्पन्न गर्नको लागि हाइब्रिड सेट अप व्यवस्था गरिएको जुम रुम सञ्चालनमा ल्याएको बताएको छ । सो जुम रुपमा भर्चुअल र भौतिक दुबै रुपमा कार्यक्रम सम्पन्न गर्न सकिने होटल शाम्बालाले जनाएको छ।

यस मिटिङ रुममा भौतिक रुपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै डिभाइसबाट जुममार्फत मिटिङ रुममा सहभागी पनि हुन सकिन्छ । भौतिक रुपमा सम्पन्न हुने कार्यक्रममा पनि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्दै सो रुम तयार गरिएको हो।

सो मिटिङ रुममा एडभान्स प्रविधि प्रयोग गरिएको छ जहाँ हाई क्वालिटी स्पिकर फोन, अल इन वान क्यामरा र अप्सनल एक्सपान्सन माइक्रोफोन लगायतका उपकरणहरू प्रयोग गरिएको छ।

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया