
काठमाडौं ।
इलन मस्कको स्पेसएक्सले २ अर्ब ९० करोड डलरमा बनाइरहेको चन्द्रयानको निर्माण अस्थायी रुपमा रोक्न नासा गत बिहीबार सहमत भयो। स्पेसएक्सको प्रतिद्वन्द्वी ब्लू ओरिजिनका जेफ बेजोसले उजुरी दिएपछि यो कार्य तत्कालका लागि रोकिएको अमेरिका सरकारकी एक प्रवक्ताले बताइन्।
ब्लू ओरिजिनले गत हप्ता यू एस कोर्ट अफ फेडरल क्लेम्समा दायर गरेको आफ्नो उजुरीमा ‘नासाको मानव अवतरण प्रणालीको अधिकार ग्रहण प्रक्रियामामा भेटिएको समस्याको उपचार प्रयासमा’ भन्ने उल्लेख गरेको छ। यसका लागि एक न्यायाधीशले आगामी अक्टोबर १४ मा सुनुवाइ राखेका छन्।
नासाले एउटा विज्ञप्ति निकालेर आफूले स्पेसएक्ससँगको सहकार्यमा गरिरहेको मानव अवतरण प्रणाली आगामी नोभेम्बर १ तारिखसम्मका लागि बन्द गरेको बताएको हो।
‘यो अस्थायी काम रोक्ने सम्बन्धमा यससँग सम्बद्ध सबै पक्षहरु नोभेम्बर १ सम्म यो प्रक्रिया स्थगित गर्न राजी भएका छन्’, नासाले भनेको छ, ‘हाम्रा अधिकारीहरु यो घटना सम्बन्धमा समीक्षा गर्न न्याय विभागसँग निरन्तर रुपमा काम गरिरहेका छन् भने यसको निकास समयमै निस्कियोस भन्ने प्रतिक्षा पनि गरिरहेका छन्।’
यूएस गभर्नमेन्ट अकाउन्टेबिलिटी अफिस जीएओले अघिल्लो महिना चन्द्रयान निर्माणको जिम्मा ब्लू ओरिजिनलाई पाखा लगाएर सपेसएक्सलाई दिने नासाको निर्णयको पक्षमा उभिएको थियो।
प्रकाशित: ६ भाद्र २०७८, आईतवार