
काठमाडौं ।
रक्षा बन्धनको अवसरमा विश्वभर रहेका दिदीबहिनी तथा दाजुभाईहरूको लागि ग्यापुले विशेष अफर ल्याएको छ । ग्राहक जहाँ भएपनि यो रक्षा बन्धनमा आफ्ना दिदीबहिनी तथा दाजुभाईलाई ग्यापुबाट उपहार खरिद गरेर पठाउन सकिने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।
ग्यापुबाट उपहार अर्डर गरेर विदेशबाट नेपाल र नेपालभित्रै पनि जुनसुकै ठाउँमा डेलिभरी गराउन सकिने खड्काले बताए । रक्षा बन्धन विशेष अफरको लागि ग्यापुबाट दाजुभाईको लागि केक, चकलेट, स्मार्टवाच, जुत्ता, वालेट, ग्रुमिङ किट, पर्फ्युम, ब्याग लगायत सजावटका सामानहरू सुपथ मूल्यमा खरिद गरेर डेलिभरी गराउन सकिने बताइएको छ।
ग्यापुका अनुसार सम्पुर्ण रक्षा बन्धन विशेष डेलिभरी निस्शुल्क गरिने खड्काले बताए । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईटमार्फत अर्डर गर्न सकिन्छ।
ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इसेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०७८, शनिबार