इन्टरनेट सेवाको समस्या र चुनौतीहरुको बारेमा आइस्पान र सञ्चार सचिवबीच छलफल

Technology Khabar ४ भाद्र २०७८, शुक्रबार

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालसँग शुक्रबार अनौपचारिक भेटघाट गरेर इन्टरनेट सेवाको समस्या र चुनौतीहरुको बारेमा छलफल गरेको छ।

सञ्चार सचिवसँग आज इन्टरनेट सेवाको मूल्य, शहरभर रहेका इन्टरनेट सेवाको अव्यवस्थित तारहरुलाई व्यवस्थापन गर्ने लगायतका विषयहरुमा छलफल गरेको हो। सचिव अर्यालले इन्टरनेट सेवाको पोलको भाडा बढ्दा पर्ने असर, ग्राहक सेवा शुल्कको मोडालिटी लगायतका बारेमा छलफल भएको थियो ।

सो छलफलमा उपस्थित एक सहभागीले इन्टरनेट सेवाको समस्या समाधान गर्नका लागि सहकार्य गर्ने र सो बारेमा आगामी दिनमा सामूहिक छलफलबाट समाधान गरिनुपर्ने सचिव अर्यालले बताएको जानकारी दिए ।

सो छलफलमा आइस्पानका अध्यक्ष सुधिर पराजुली भने उपस्थित थिएनन् ।

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया