१२०० सार्वजनिक सवारीलाई विद्युतीयमा परिणत गर्ने अमेरिकी संस्थाको योजना

  • Technology Khabar | ४ भाद्र २०७८, शुक्रबार
१२०० सार्वजनिक सवारीलाई विद्युतीयमा परिणत गर्ने अमेरिकी संस्थाको योजना

काठमाडौं ।

अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक संस्थाले सन् २०३० सम्ममा १२०० सार्वजनिक सवारीलाई विद्युतीयमा परिवर्तन गर्ने योजना बनाएको छ।

यसबाहेक देशका विभिन्न क्षेत्रमा चार्जिङ स्टेशन थप गर्ने पनि उक्त संस्थाका उच्च अधिकारीहरुले बुधबार बताएको एबीसीन्यूजले लेखेको छ।

यस सम्बन्धमा आधिकारिक संस्था टेनेजी भ्याली अथोरिटीका मुख्य कार्यकारी जेफ ल्याशले आफू अन्तर्गत रहेको ३८०० गाडीहरुको समूहमध्ये १२०० लाई विद्युतीय बनाउने योजना बोर्ड बैठकका क्रममा घोषणा गरेका हुन्।

यो योजनामा ६०० ओटा लाइट ड्युटी सवारीलाई ४०० विद्युतीय एसयूभी र सेडानमा बदल्ने काम हुनेछ। त्यसबाहेक शुरुवाती चरणमा ८०० ओटा मिडियम ड्युटी गाडीहरुलाई विद्युतीय प्रविधिमा बदल्ने साथै समग्रमा आधालाई पिकअप ट्रकमा परिवर्तन गर्ने योजना रहेको टीभीए प्रवक्ता जिम हप्सनले बताए।

उक्त संस्थाले मिडियम ड्युटी सवारीहरुलाई प्रभावकारिता तथा रिटायरमेन्टका माध्यमबाट मूल्यांकन पनि गरिरहेको छ।

हेभी-ड्युटी गाडीहरुलाई विद्युतीयमा बदल्ने कुरा चाहिँ प्रविधि र सुधारमा भर पर्ने ल्याशले बताए।

अहिलेका गाडीहरुको प्रयोग गर्न मिल्ने म्याद गुज्रिएपछि यी परिवर्तनहरु अस्तित्वमा आउने उनको भनाइ छ।

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार