सामसङ ग्यालेक्सी एम३२ फाइभजीको पूर्ण विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

  • Technology Khabar | ४ भाद्र २०७८, शुक्रबार
सामसङ ग्यालेक्सी एम३२ फाइभजीको पूर्ण विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

काठमाडौं ।

सामसङ ग्यालेक्सी एम३२ फाइभजीको विवरण बिहीबार लीक भएको थियो। यसै क्रममा आज अर्थात् शुक्रबार यो भन्दा केही शक्तिशाली एम सिरिजको अर्को स्मार्टफोनको विवरण बाहिरिएको छ।

लिकस्टर इशान अग्रवालका अनुसार ग्यालेक्सी ए५२ फाइभजी मोडलको यो डिभाइसमा स्न्यापड्रागन ७७८जी चिपसेटका साथमा पछाडि ट्रिपल क्यामरा र ठूलो डिस्प्ले रहनेछ।

ग्यालेक्सी एम५२ फाइभजी मा ६.७ इन्चको फुल एचडी+ सुपर एमोलेड डिस्प्ले रहने तथा अगाडि ३२ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा रहनेछ।

यो डिभाइस ६ जीबी र ८ जीबी र्यामसहित १२८ जीबी आन्तरिक स्टोरेजसहितका दुई भेरियन्टमा उपलब्ध हुनेछ। पछाडिको ट्रिपल सेट अपमध्ये ६४ मेगापिक्सेलको मुख्य क्यामरा रहनेछ।

सफ्टवयरका हकमा यसमा एन्ड्रोइड ११ का साथमा वन यूआई ३.१ र नक्स ३.७ सेक्युरिटी फिचरसहित रहने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...