वन्लीफ्यान्सले याैनजन्य व्यवहार देखिने सामग्रीमाथि प्रतिबन्ध लगाउने

  • Technology Khabar | ४ भाद्र २०७८, शुक्रबार
वन्लीफ्यान्सले याैनजन्य व्यवहार देखिने सामग्रीमाथि प्रतिबन्ध लगाउने

काठमाडौं ।

वयस्क सामग्रीका लागि प्रख्यात अनलाइन सब्सक्रिप्शन प्लेटफर्म वन्लीफ्यान्सले यूजरहरुलाई याैनजन्य व्यवहार दर्शाइएको सामग्री पोस्ट गर्नमा प्रतिबन्ध लगाउने भएको छ। कम्पनीले हालै यस्तो जानकारी दाएको हो।

लन्डनमा मुख्य कार्यालय रहेको यो कम्पनीले एक विज्ञप्ति निकालेर यो नयाँ परिवर्तित नियम आगामी अक्टोबर १ देखि लागू हुने पनि प्रस्ट पारेको छ।

आफ्ना बैंकिङ साझेदार तथा भुक्तानी सेवा प्रदायकहरुको आग्रहअनुसार नयाँ नियम ल्याइएको उसले प्रस्ट्याएको छ।

वन्लीफ्यान्सले भनेको छ, ‘प्लेटफर्मको दिगोपनाका लागि तथा सर्जक र फ्यानहरुका समावेशी समुदाय होस्ट गर्नका लागि हामीले आफ्ना सामग्रीसँग सम्बन्धित नियमहरुमा परिवर्तन ल्याउन जरुरी छ।’

कम्पनीले सर्जकलाई वन्लीफ्यान्सको नीति नबाझिने नग्नता समावेश भएङ्को सामग्रीसमेत पोस्ट गर्न दिने बताएको छ। सन् २०१६ मा स्थापना भएको यो साइटको चर्चा कोभिड-१९ महामारीपछि चुलिएर यसका सन्सारभरमा लगभग १३ करोड यूजर पुगेका छन्।

वन्लीफ्यान्सले यो हप्ता ओएफटीभी नामको नयाँ एप सार्वजनिक गर्ने बताएको थियो। यो एपमार्फत् सर्जकले फिटनेस, कुकिङ, कमेडी तथा म्युजिकजस्ता विषयका भिडियोहरु शेयर गर्न सक्नेछन्।

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार