इन्टेलद्वारा नयाँ चिप आर्किटेक्चर अनावरण, निर्माणका लागि टीएसएमसीसँग साझेदारी

  • Technology Khabar | ४ भाद्र २०७८, शुक्रबार
इन्टेलद्वारा नयाँ चिप आर्किटेक्चर अनावरण, निर्माणका लागि टीएसएमसीसँग साझेदारी

काठमाडौं ।

हालै इन्टेलको आर्किटेक्चर डे२०२१ मा दुई ओटा नयाँ एक्स६८ कोर, दुई ओटा नयाँ डाटा सेन्टर एसओसी तथा दुई ओटा नयाँ डिस्क्रिट जीपीयू सार्वजनिक गरिए।

इन्टेलले हालै आफू टीएसएमसीको मुख्य ग्राहकहरुमध्येको एक भएको खुलासा पनि गरेको छ। उसले टीएसएमसीसँग ५एनएम तथा ६ एनएम प्रोसेसमा थुप्रै नयाँ चिप निर्माणको लागि सम्झोता गरिसकेको बुझिएको छ।

इन्टेलले एक्स६८ कोरको दुई ओटा नयाँ जेनेरेशनसहितको एल्डर लेक नामको नयाँ पर्फर्मेन्स हाइब्रिड आर्किटेक्चर, इन्टेल थ्रेड डिटेक्टर वर्कलोड शेड्युलर, इन्टेलको नयाँ डाटासेन्टर सफायर र्यापिड, डिस्क्रिट जीपीयू, नयाँ आईपीयू र पोन्टे भेचियो नामको सबैभन्दा उच्च कम्प्युटिङ क्षमतायुक्त टुर-डे-फोर्स डाटा सेन्टर जीपीयू पनि सार्वजनिक गरेको छ।

यी नयाँ आर्किटेक्चरले एल्डर लेकसँगै छिट्टै शुरु हुने नेतृत्वदायी प्रडक्टहरुका लागि नयाँ प्लेटफर्म बनाउने इन्टेलको एक्सलरेटेड कम्प्युटिङ सिस्टम्स एन्ड ग्राफिक्स ग्रुपका वरिष्ठ उपाध्यक्ष तथा महाप्रबन्धक राजा कोदुरीले बताए।

एल्डर लेक इन्टेलको नयाँ थ्रेड डिरेक्टर तथा वर्कलोड शेड्युलिङ प्रविधि दुई एक्स६८ सीपीयू कोरलाई आपसमा प्रभावकारी रुपमा काम गर्न मद्दत गर्ने पहिलो पर्फर्मेन्स हाइब्रिड आर्किटेक्चर हुने बताइएको छ।

एल्डर लेकमा दुई ओटा एक्स८६ कोरको कम्बिनेशन रहेको छ जसले अल्ट्रा मोबाइलबाछ डेस्कटप मोडमा पनि काम गर्न सक्छ। एल्डर लेकमा आधारित प्रडक्टहरु यसै वर्षदेखि बिक्री हुन थाल्ने कम्पनीले जनाएको छ।

एजेन्सीहरुका साथमा

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार