ताजा समाचार

ग्लोबल आईएमई बैंकले आफ्नो कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै

ग्लोबल आईएमई बैंकले आफ्नो कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै
Global IME Bank

ग्लोबल आईएमई बैंकले आफ्नो कोर बैंकिङ सिस्टमलाई स्तरोन्नति गर्ने भएको छ । बैंकलले हालको सिस्टमलाई अपग्रेड गरेर फिनाकल भर्सन १०.२.२५ सञ्चालनमा ल्याउने भएको छ।

बैंकले एक सूचना प्रकाशित गर्दै यस प्रायोजनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि सिस्टम अपग्रेडको कार्य सम्पादन हुने र सोमबारदेखि फिनाकलको नयाँ संस्करणबाट कारोबार सुचारू हुने जानकारी दिएको छ।

सिस्टम अपग्रेडको समयमा ग्राहकको मागलाई ध्यानमा राखी इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘ग्राहकको मागलाई ध्यानमा राखी सिस्टम अपग्रेडको समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट कारोबार गर्न सकिनेछ। सिस्टम अपग्रेडको समयमा यस्ता माध्यमबाट हुने कारोबारमा केही समस्या देखिएमा सो का लागि क्षमाप्रार्थी छौं ।’

Sajilo Visa
easy care