
काठमाडौं ।
वाल स्ट्रीट वाचडगले नेटफ्लिक्सका तीन जना पूर्व सफ्टवयर इन्जिनीयरहरुमाथि इन्साइडर ट्रेडिङ अर्थात् भित्री व्यापारमार्फत् ३० लाख डलर आम्दानी गरेको आरोप लगाएको छ।
अदालतको उजुरीमा नेटफ्लिक्सका पूर्व कर्मचारी तथा अन्य नजिकका कर्मचारीलाई किटानी दिइएको बुझिएको छ। अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशन एसईसीले यो योजनामा नेटफ्लिक्सका ग्राहक वृद्धिको गोप्य तथ्याङ्क प्रयोग गरिएको जनाएको छ।
यो जानकारी स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सको शेयर आम्दानी प्रतिवेदन आउनुअगावै व्यापारका लागि प्रयोग गरिएको बुझिएको छ।
एसईसीले नेटफ्लिक्सका पूर्व सफ्टवयर इन्जिनीयर सुङ मो जुनले कम्पनीका ग्राहक वृद्धिको भित्री तथ्याङ्कको दुरुपयोग गरेर अवैध रुपमा शेयरको व्यापार गरेको आरोप लगाएको छ।
उजुरी अनुसार नेटफ्लिक्मा सन् २०१६ र २०१७ मा काम गर्दा उनले लगातार आफ्ना दाजु र अर्का एक साथीलाई कम्पनीका सार्वजनिक गर्न नमिल्ने जानकारी दिने गरेका थिए र उनीहरुले नेटफ्लिक्सको आम्दानी घोषणाअगावै यसलाई बिक्री गर्ने गर्दथे।
‘नेटफ्लिक्सका एक पूर्व कर्मचारी तथा उनाका नजिकका साथी मिलेर कम्पनीको मूल्यवान र सार्वजनिक गर्न नमिल्ने तथ्याङ्कको दुरुपयोग गरेर लाखो रकम बराबरको शेयर कारोबारमा संलग्न भएर अकूत रकम कमाएको हाम्रो आरोप छ’, एसईसीको सान फ्रान्सिस्को क्षेत्रीय कार्यालयका निर्देशक एरिन स्नेइडरले भने।
*हेडलाइन सम्पादित
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार