विश्वव्यापी चिप्स अभाव भएसँगै टोयोटाले कार उत्पादन कटौती गर्ने

  • Technology Khabar | ३ भाद्र २०७८, बिहीबार
विश्वव्यापी चिप्स अभाव भएसँगै टोयोटाले कार उत्पादन कटौती गर्ने

काठमाडौं ।

विश्वव्यापी चिप्स अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएपछि सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकाई डेलीले बिहीबार जनाएको छ।

विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग पाँच हजारमा संशोधन गरिएको निकाईले बताएको छ ।

निकाइका अनुसार दक्षिणपूर्वी एसियामा कोरोनाभाइरसको ‘डेल्टा भेरियन्ट’ को सङ्क्रमण विस्तारले टोयोटाका केही चिप खरीदमा पनि असर गरेको छ ।

चिप अभावका कारण जापानी मोटर्स कम्पनीका प्रतिद्वन्द्वी पनि उत्पादनलाई ढिलो वा अस्थायी रूपमा रोक्न बाध्य भएका बताइएको छ।आधुनिक कारको इलेक्ट्रोनिक्स प्रणालीको लागि माइक्रो चिप अत्यावश्यक छ । यसको गत वर्षको अन्त्यदेखि अभाव भएको छ ।

महामारीको कारण कार निर्माताले कारको माग आदेशलाई पछि धकेलेको बताएका छन् । चिप निर्माताले उत्पादन उपभोक्तालाई इलेक्ट्रोनिक्समा सारेका छन् किनभने मानिसले घरमा काम गर्न र आराम गर्न उपकरणको आवश्यक हुन्छ । महामारीका कारण कामदारको अभाव र चीन–अमेरिका व्यापार विवादको प्रभावलगायतका कारणले उत्पादन कमी भएको तर सवारी साधनको माग भने बढेको कार निर्माण कम्पनीले बताएका छन् ।

आगामी महिनाको शुरुदेखि टोयोटाले विभिन्न जापानी कारखानामा सञ्चालन निलम्बन गर्नेछ र उत्तर अमेरिका, चीन र युरोपमा आफ्ना गाडीको मागलाई पछि धकेल्ने सोचमा रहेको छ । चिप्स अभाव र अन्य भाइरसजन्य आपूर्ति समस्याले टोयोटाका जापानी कारखानामा धेरै पटक छोटो अवधिका लागि उत्पादन कार्यलाई रोकि सकिएको छ।

कम्पनीले यस महिनाको सुरुतिर सार्वजनिक तथ्याङ्कमा पहिलो त्रैमासिकमा खुद मुनाफा बढेका जनाएको छ र यसको कारक कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी सङ्क्रमण दरमा आएको कमीलाई मानेको छ । निकीका अनुसार बिहीबार टोयोटाको शेयर ४.४२ प्रतिशत घटेर नौ हजार २९५ पुगेको छ । एजेन्सी

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार