
काठमाडौं ।
नेपाली युवा उद्यमी मंच (एनवाइइएफ) काठमाडौं च्याप्टर र एफएनसीसीआइ स्टार्टअप एण्ड इनोवेशन कमिटीले नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागी एक साथ काम गर्ने सम्झौता गरेको छ ।
एफएनसीसीआइको स्टार्टअप एण्ड इनोवेशन कमिटीका अध्यक्ष रन्जीत आचार्यको प्रतिनिधित्वमा एफएनसीसीआइ, एनवाइइएफ स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो ।
नेपाल युवा उद्यमी फोरम काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा नवप्रवर्तन समितिबीच मंगलबार सो बारेमा सम्झौता भएको हो । आचार्य र मन्चका काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले सम्झौतामा हस्ताक्षर गरे।
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार