
काठमाडौं ।
विश्वका ९० भन्दा बढी नीति तथा अधिकार समूहले बिहीबार एप्पललाई खुला पत्र लेख्दै नग्नताका लागि बालबालिकाका तथा बाल योन दुराचारका सामग्री खोज्न वयष्कका मेसेज स्क्यान गर्न छोड्न आग्रह गरेका छन्।
‘यो कदम बालबालिकालाई बचाउन र बाल योन दुर्व्यवहारजन्य सामग्री फैलनबाट रोक्नका लागि उठाइएको भए पनि ती कुराहरुले मानिसहरुको सुरक्षित विचारलाई सेन्सर गर्न, विश्वका मानिकसहरुको सुरक्षा तथा गोपनीयतामाथि धावा बोल्नका लागि प्रयोग हुन सक्ने र यसबाट बालबालिकाहरुमा नकारात्मक असर पर्न जाने हुनाले हामी चिन्तित छो’, समूहले पत्रमा उल्लेख गरेको रोयटर्सले छापेको छ।
हालसम्म एउटा कम्पनीको इन्क्रिप्शनमाथि यति ठूलो विरोध कार्यक्रम अमेरिकामा कार्यालय भएको सेन्टर फर डेमोक्रेसी एन्ड टेक्नोलोजीले आयोजना गरेको हो।
‘एप्पलले यसो गर्नु साह्रै चिन्ताजनक कुरा हो, किनकि उक्त कम्पनी यसअघि पनि इन्क्रिप्शनको बचाउका लागि अडिग भएर लागेको थियो’, सीडीटीको सेक्युरिटी एन्ड सर्भिलेन्स प्रोजेक्टका सह निर्देशक श्यारोन ब्राडफोर्ड फ्रयांकलिनले बताइन्।
कम्पनीले गत शुक्रबार एउटा दस्तावेजमा गोपनीयता र सुरक्षाको चिन्तालाई सम्बोधन गरिसकेको र यो स्क्यानिङ सफ्टवयरको जटिल संरचनाले किन यसलाई तल पार्ने चेष्टा गर्न रोक्नुपर्छ भन्ने बारेमा एप्पलका एक प्रवक्ताले प्रकाश पारे।
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार