आईओएस १५ को शुरुवाती रोलआउटमा एप्पल शेयरप्ले समावेश नहुने

  • Technology Khabar | ३ भाद्र २०७८, बिहीबार
आईओएस १५ को शुरुवाती रोलआउटमा एप्पल शेयरप्ले समावेश नहुने

काठमाडौं ।

गत जुनमा आयोजित एप्पलको वर्ल्डवाइड डेभलपर कंग्रेसमा घोषित आईओएस १५ अहिलेको सर्वाधिक राम्रो ओएस अपडेटमध्येको एक हो।

यो अपडेटमा समावेश हुने एउटा मुख्य फिचर भनेको शेयरप्ले हो। यसले स्ट्रिमिङ प्लेटफर्ममा भएका अडियो भिडियो सामग्री फेसटाइममार्फत् हेर्न र सुन्न मद्दत गर्छ।

तर यो फिचर आईओएस १५ सार्वजनिक हुनेबित्तिकै भने उपलब्ध नहुने र पछि बिस्तारै दिइने हालै कम्पनीको डेभलपर पोर्टलमा एउटा ब्लग पोस्टमार्फत् जानकारी दिइएको हो।

एप्पलले शेयरप्लेलाई आईओएस १५ को डेभलपर बिटा भर्सन ६, टीभीओएस १५ तथा आउँदै गरेको म्याकओएस मोन्टेरेको बिटा भर्सन ६ मा पनि डिसेबल गर्ने भएको छ। तर किन डिसेबल गरिएको भन्ने बारे केही खुलाइएको छैन।

यसैसँग सम्बन्धित अर्को समाचारमा आईओएस १५ बिटाको सेटिङ्स एपमा एउट अप्शन रहेको र त्यसमार्फत् नेभिगेशन क्यामरा एपमा फोटोका लागि नाइट मोडलाई स्थायी रुपमा अफ गर्न सकिनेछ।

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार