सीईएस २०२२ मा सहभागी हुन कोरोना विरुद्धको खोप लगाएको प्रमाण चाहिने

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार
सीईएस २०२२ मा सहभागी हुन कोरोना विरुद्धको खोप लगाएको प्रमाण चाहिने

काठमाडौं ।

यो वर्ष भर्चुअल तरिकाबाट गरिएको सीईएस इभेन्टको सन् २०२२ को संस्करण भने सीटीएले भोतिक र डिजिटल कम्पोनेटमार्पत् गरी हाइब्रिड रुपमा आयोजना गर्ने तयारी गरेको छ।

इभेन्टको आयोजक कन्जुमर टेक्नोलोजी एसोसियसन सीटीएले आज उक्त सीईएस  अर्थात् कन्जुमर इलेक्ट्रोनिक्स शो २०२२ इभेन्टमा सहभागी हुन चाहनेले कोरोना विरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने घोषणा गरेको हो।

गत अगस्त १७ मा सीटीएले सबै प्रदर्शक र सहभागीहरुलाई उक्त इभेन्टमा आउँदा खोप लगाएको प्रमाणसहित आउन भनेको थियो। सीटीएले नेभादाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र तथा क्लार्क काउन्टीको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार काम गरिरहेको छ।

उसले सबै संघीय, राज्या तथा स्थानीय नियमको अधीनमा रहेर कार्यक्रम गर्ने बताएको छ।

खोप लगाएको प्रमाण बिना सीईएस प्रदर्शनी स्थलमा पस्दा अरुलाई खतरा हुने भएकाले पनि यो नियम ल्याइएको बताइएको छ।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार