ह्वावेद्वारा दिगो यातायातको लागि एशिया–प्रशान्तमा रेलवे सेवालाई डिजिटलाइजेशन गर्न सहयोग गर्दै

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार
ह्वावेद्वारा दिगो यातायातको लागि एशिया–प्रशान्तमा रेलवे सेवालाई डिजिटलाइजेशन गर्न सहयोग गर्दै

काठमाडौं ।

“स्मार्ट रेल, बेटर फ्युचर मोबिलिटी,” थीम रहेको ह्वावे एशिया–प्रशान्त (एपाक) रेलवे फोरम २०२१ शुक्रवार समापन भएको थियो। फोरममा सहभागीहरूले शहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्न इनोभेशनको अन्वेषण, जसमा बिशेषत: ड्राइभरलेस संचालन र कार्यप्रवाह ब्यबस्थापनको माध्यमबाट गरिएको थियो।

यस कार्यक्रमले एशिया–प्रशान्त क्षेत्रभरबाट १३०० भन्दा बढी रेलवे उद्योगका ग्राहक, साझेदार, विशेषज्ञहरु र मिडिया आकर्षित गरेको थियो । कोर ह्वावे रेलवे उद्योग ग्राहकहरु र साझेदारहरु – हंगकंग मास ट्रान्जिट रेलवे कोपर्नेरेसन (MTR), सिंगापुर मास रैपिड ट्रान्जिट लिमिटेड (SMRT) र प्रोफेसनल सर्भिस फर्म अरुप ग्रुप लिमिटेड सहित – एक प्यानल छलफलमा भाग लिएका थिए जहाँ विशेष गरी ड्राइभरलेस संचालन र कार्यप्रवाह व्यवस्थापनको माध्यमबाट शहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्ने आफ्नो महत्वपूर्ण अनुभव सेयर गरिएको थियो ।

कार्यक्रमको प्यानल सत्रमा, डिजिटल रूपान्तरण र व्यापार इनोभेसन, SMRT कर्पोरेसन लिमिटेडका प्रमुख क्वेक हेन चीले सिंगापुरमा धेरैजसो मानिसहरुले आफ्नो समुदायको जीवन शैलीलाई ग्रीनर यातायातका माध्यमहरुमा ढालिसकेको र आफ्नो सामाजिक जिम्मेवारीलाई शहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको आफ्ना अवलोकन प्रष्ट पारे ।

“मलाई लाग्छ कि प्रविधि तयार छ, एउटा चुनौती यो हो कि हामी कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरुलाई रूपान्तरण गर्छौं,“ उनले भने।

ह्वावे एपाक इन्टरप्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतिहरुलाई सम्बोधन गर्दै यस्तो चुनौतीहरुलाई सबै उद्योगहरुको लागि अवसरमा रुपान्तरण गरिएको बताए।

“ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले सिंगापुरको भूमि यातायात प्राधिकरण (LTA), हंगकंग MTR, टर्की TCDD र जर्मनीको ड्चबान (DB) जस्ता ग्राहकहरुलाई परम्परागत पूर्वाधारसंग नयाँ प्रविधि एकीकृत गरी डिजिटलाइजेशनको गति बढाउनमा मद्दत गर्दछ । हामीलाई विश्वास छ कि भविष्यमा रेलवे डिजिटलाइजेशनले राम्रो मोबिलिटीको नेतृत्व गर्नेछ,” वांगले भने।

ग्लोबल रेल बिजनेस, अरुपका निर्देशक, टीसी च्युले डिजिटलीकरणमा तीन प्रमुख प्रवृत्तिहरु सेयर गरे: डाटा, एनालिटिक्स, र संचार । यिनीहरुले हामीलाई राम्रो निर्णय गर्न सक्ने बनाउँदछ र हामीले प्राप्त गर्न खोजेको डिकार्बोनाइजेसन प्रक्रियालाई समर्थन गर्दछ।

“वास्तवमा रेलवेको लागि प्रविधिको भ्यालुलाई बढाउने ताकत ती मानिसहरुसंग छ जो वास्तवमा यी प्रविधिहरु प्रयोग गर्दै छन् र कुनै प्रविधिहरुमा उपलब्ध रहने डाटाको फाइदा लिदै छन् र त्यसपछि कसरी केहि मात्रामा इन्टेलिजेन्स लगाई हाम्रो दैनिक रेल संचालन र हाम्रा सम्पत्तिहरुको रेखदेख र सेवा वितरणको बारेमा अझ राम्रो निर्णय लिनमा मद्दत गर्न सकिन्छ,” टीसी च्युले भने ।

शेन्जेन मेट्रोको मेट्रो स्टेशन डिजिटल इनोभेशन स्टुडियोका निर्देशक चांगक्वान लुओले यसको डिजिटलकरण रणनीतिको पृष्ठभूमिको व्याख्या गरे । यो यातायातको सुदृढीकरण र उच्च गुणस्तरीय विकासको सुनिश्चित गर्न, डिजिटल इन्टेलिजेन्ट सक्षमतालाई ध्यान दिएर, परिचालन उत्कृष्टता र शहरहरुमा सेवा प्रदान गर्नको लागि व्यापक राष्ट्रिय आवश्यकताहरुलाई पूरा गर्ने लक्ष्यमा निर्भर छ । “ह्वावे रोमा (ROMA) प्लेटफर्म डाटा सेयरिङ्ग सेवाहरुलाई लागू गर्न र एक कन्भर्ज्ड डाटा वेयरहाउस निर्माण गर्नको लागि प्रयोग गरीएको छ,“ लुओले ह्वावेको प्रविधिले यस विशेष डिजिटल रूपान्तरण यात्रामा खेलेको भूमिकाको बारेमा भने, “स्मार्ट स्टेशन डिजिटल प्लेटफर्मले उपकरणहरु देखी क्लाउड सम्म थुप्रै नेटवर्क कनभर्जेन्स हासिल गर्दै सेवाहरु अभिसरण र एकीकृत गर्दछ । यो प्रविधिले हाम्रो स्मार्ट स्टेशन १.० लाई पूरा गर्न मद्दत गरेको छ ।”

यसको प्रदर्शनी हलको एक भर्चुअल भ्रमणमा ह्वावेले कसरी आईसीटीको नयाँ इनोभेशन रेल उद्योगमा तैनात गरीएको छ, जसले ह्वावे स्मार्टलि अनइन्टरप्टिबल पावर सप्लाई (UPS) देखि ओप्टिक्स सोलुसन र ह्वावे एरइन्जिन वाइ–फाइ ६ सम्म डिजिटल रूपान्तरण सक्षम गर्दछ।

ह्वावे अप्टिक्सद्वारा प्रदान गरिएको उच्च ब्यान्डविड्थले क्लाउड एप्लिकेसनहरुको बृद्धिलाई समर्थन गर्दछ, जस्तै सरलीकृत अपरेसन र मेन्टिनेन्ससँगै रियल–टाईम पर्फोर्मन्स मोनिटोरिङ्ग र इन्टेलिजेन्ट फल्ट डिटेक्सन सबैले प्याकेट स्विच नेटवर्कको प्रबन्धनलाई सहयोग गर्दछ।

अत्याधिक विश्वसनीय डिजाइन र इनपुट भोल्टेजको लागि व्यापक कवरेजको साथ ह्वावे स्मार्टलि यूपीएसले पारम्परिक लीड–एसिड ब्याट्री सोलुसनको कम से कम दोब्बर ब्याट्रि लाइफ प्रदान गर्दछ। यो कठोर अपिरेटिंग वातावरणमा पनि तैनात गर्न सकिन्छ जहाँ मुख्य पावर सप्लाई या त अस्थिर छ या पूरै अभाव छ, जसले एक एकीकृत प्लेटफर्म प्रदान गर्दै धेरै ऊर्जा स्रोतहरुको उपयोगलाई समर्थन गरी प्रभावी ढंगले ग्राहक लगानी बचाउँदछ।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...