गुगल पिक्सेल ६ र ५ प्रो मा बक्सभित्र चार्जर नआउने

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार
गुगल पिक्सेल ६ र ५ प्रो मा बक्सभित्र चार्जर नआउने
गुगल पिक्सेल फोन

काठमाडौं ।

गुगलले यसअघि नै आफ्ना पिक्सेल ६ र ६ प्रो फ्ल्यागशिपका बारेमा अर्ध औपचारिक रुपमा घोषणा गरिसकेको छ। यी फोनहरु आगामी शरद ऋतुमा सार्वजनिक हुने बताइएको छ।

कम्पनीले हालै आफ्नो मिड रेन्जको पिक्सेल ५ए लाई आधिकारिक रुपमा बजारमा ल्याएको छ। यसै क्रममा उसले आफ्नो आगामी फ्ल्यागशिप मोडल पिक्सेल ६ सिरिजका विवरणका बारेमा जानकारी दिइको थियो।

उक्त जानकारी अनुसार फ्ल्यागशिप फोन भए पनि पिक्सेल ६ र ६ प्रो मध्ये कुनैमा पनि बक्समा चार्जर राखिएको हुने छैन।

यो कदम यसअघि सामसङ र एप्पलले आफ्ना केही डिभाइसमा उठाइसकेका छन्।

यस हिसाबले पिक्सेल ५ए लाई बक्समा चार्जरसहित आउने अन्तिम गुगल फोनका रुपमा बुझ्न सकिन्छ। गुगलले द भर्जलाई बताए अनुसार सबैसँग लगभग एउटा यूएसबी-सी चार्जर हुने भएकाले यसमा राखिरहनु आवश्यक नपरेको हो।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २ भाद्र २०७८, बुधबार