राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार
राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह
फाइल तस्विर

काठमाडौं ।

राष्ट्रिय विज्ञान दिवसको लागि सरकारले कार्यक्रमहरू तथा उपयुक्त हुने नारा पठाउन सबैलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नवौं राष्ट्रिय विज्ञान दिवस, २०७८’ को अवसरमा गर्न सकिने कार्यक्रमहरू तथा उपयुक्त हुने नारा पठाउन आग्रह गरेको छ।

मन्त्रालयले विश्वविद्यालय, शैक्षिक संस्था, निजी अनुसन्धान संस्था, नवप्रवर्तक तथा अन्य सरोकारवाला संस्थाहरूबाट नवौं राष्ट्रिय विज्ञा दिवस, २०७८ को अवसरमा आ-आफ्ना निकायहरूबाट गर्न सकिने भदौ १० भित्र प्रस्तावित कार्यक्रमहरू तथा नारा पठाउन अनुरोध गरेको छ।

प्रस्तावित कार्यक्रम तथा नारा [email protected] इमेलमा पठाउन सकिने छ।

बि.सं. २०७० देखि प्रत्येक वर्ष असोज १ गते विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार