मास्टरकार्डले म्याग्नेटिक स्ट्राइप भएका डेबिट तथा क्रेडिट कार्ड जारी गर्न बन्द गर्ने

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार

काठमाडौं ।

मास्टरकार्डले एक चुम्बकीय पट्टी अर्थात म्याग्नेटिक स्ट्राइप भएका कार्ड जारी गर्न रोक्ने भएको छ।

सन् २०३३ सम्म, यसको डेबिट वा क्रेडिट कार्डको कुनै स्ट्राइप हुनेछैन, युरोपसहित धेरै क्षेत्रहरुमा यसका ग्राहक बैंकहरुले सन् २०२४ देखि स्ट्राइप रहित कार्ड जारी गर्न सक्षम हुने बीबीसीले उल्लेख गरेको छ।

बेलायतमा सन् २००६ मा सबै कार्ड भुक्तानीको लागी चिप र पिनमा सारिएको थियो तर अमेरिकामा केहि चुम्बकीय पट्टी प्रणालीहरु अझै प्रयोगमा छन्।

मास्टरकार्डले चिप एण्ड पिन र नयाँ बायोमेट्रिक कार्डहरु जसले फिंगरप्रिन्टको उपयोग गर्दछ, त्यसले अधिक सुरक्षा प्रदान गर्ने बताएको छ।

फर्मले सो पुरानो प्रविधि हटाउने क्रममा पहिलो भुक्तानी नेटवर्क भएको दाबी गरेको छ।

एक प्रवक्ताले भनेअनुसार चुम्बकीय पट्टी चरणबद्धरुपमा हटाउन तथा चिप र पिनको विश्वव्यापी स्वीकृतिको स्तरका लागि यो सही समय हो।

बिस्तारै चरणबद्ध हुनु भनेको फर्मले “लामो रनवे” भनी भुक्तानी स्वीकार गर्ने कम्पनीहरुलाई चिप र पिनमा सार्न छोड्नु हो।

चुम्बकीय पट्टीले १९६० को दशकमा एक आईबीएम परियोजनाको रूपमा सीआईए स्टाफका लागि परिचय पत्र बनाउनको लागी शुरू गरिएको थियो ।

फोरेस्ट पेरी, यसको एक इन्जिनियरले एक प्लास्टिक कार्डमा चुम्बकीय टेपको एक पट्टीमा इन्कोडेड जानकारी टाँस्ने विचार ल्याएका थिए, तर दुईलाई सँगै जोड्न कठिनाई भएको थियो ।

पछि उनकी श्रीमती डोरोथिया पेरीले तातोगरेर टेप कार्डमा टाँसेर प्रयोग गर्ने विचार ल्याएकी थिइन्, सुरुमा उनले कपडामा लगाइने इस्त्री अर्थात आईरनको साथमा प्रयोग गरीरहेकी थिइन्।

महामारीले गर्दा कन्ट्याक्टलेस भुक्तानी जुन कार्ड वा स्मार्टफोनको उपयोग गरी गर्न सकिन्छ, अघिल्लो बर्षको समान अवधिको तुलनामा सन् २०२१ को पहिलो त्रैमासिकमा एक अर्ब डलर भन्दा बढि कारोबार भएको थियो ।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया