वीरगञ्ज महानगरपालिकामा अनलाईन प्रविधिबाट राजस्व संकलन गरिँदै

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार

काठमाडौं ।

वीरगञ्ज महानगरपालिकाले दुर्गम वडाहरुबाट समेत अनलाईन प्रविधिबाट राजस्व संकलन गर्न थालेको छ।

वीरगंज महानगरपालिकामा पछि गाभिएका अधिकांश वार्डहरु ग्रामीण भएकोले त्यहाँका जनताहरुलाई जुनसुकै किसिमको राजस्व तिर्न समय र पैसाको फजुल खर्च भईरहेको भन्दै महानगरपालिकाले अनलाइनमार्फत राजस्व तिर्ने व्यवस्था गरेको हो ।

महानगरपालिकाले आफ्नो अति नै पिछडिएको वार्ड नं. २९ बस्डिलवाबाट राजस्व सम्बन्धि सम्पुर्ण सेवा वडाबाट अनलाइनमार्फत बुझ्न सुचारु गरेको छ। अब त्यस वार्डका सम्पुर्ण कर शुल्कहरु जस्तै सम्पत्ति कर, घरजग्गा कर, नक्सा पासको शुल्क, सिफारिसको शुल्क वार्डबाटै अनलाइन बुझ्न सुरु गरिएको जानकारी दिएको छ।

अब महानगरपालिकाबाट २० किलोमिटर दुर्गममा रहेको वडाहरुमासमेत अनलाइन प्रविधिबाट राजस्व संकलन हुन थालेको छ। महानगरपालिकाले वडाहरुको आर्थिक र प्रशासनिक कामलाई अनलाइन प्रणालीसँग जोडेको छ । उनीहरुले महानगरपालिकाबाट पाउने सेवा र राजस्व बुझाउनका लागि अब वीरगञ्ज पुग्नु नपर्ने भएको छ।

महानगरपालिकाले सबैभन्दा पहिला सबै ग्रामीण वार्डहरुमा अनलाइनमार्फत राजस्व सम्बन्धि सबै शुल्कहरु लिनको लागि सेवा सुचारु गरिने जनाएको छ।

उज्यालो वीरगञ्ज पछि राजश्व बुझ्ने काम वडाबाट गरिने प्राविधिक प्रणालीलाई लागु गर्ने महानगपालिकाले जनाएको छ । आर्थिक महानगरीको रुपमा रहेको वीरगञ्ज महानगरपालिकाको १६ वटा दूर्गम वडाहरुको विकास भएको छैन ।

यसैबिच महानगपालिकाको सफ्टवेयर अद्यावधिक गर्नुपर्ने भएको भन्दै साउन १० गतेसम्म विभिन्न शिर्षकका राजस्वहरु लिने कार्य बन्द रहेको जानकारी दिएको छ । कार्यालयले सो अवधिमा करका दरहरुलाई अपडेट गर्ने उल्लेख गरेको छ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया