काठमाडौं ।
नेपालका लागि बजाज मोटरसाइकल वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धनुषामा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम माँ दुर्गा अटोमोबाइल्सको उद्घाटन गरेको छ।
अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम सञ्चालनमा ल्याएको बताएको छ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ।
नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले धनुषामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै खुसी भएको बताए।
शोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको पनि व्यवस्था गरेको जनाएको छ।
प्रकाशित: १ भाद्र २०७८, मंगलवार