टी मोबाइलका ग्राहकहरुको डाटा ह्याक गरिएको पुष्टि, ३ करोड ग्राहक जानकारी ह्याकरले बेच्दै

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार
टी मोबाइलका ग्राहकहरुको डाटा ह्याक गरिएको पुष्टि, ३ करोड ग्राहक जानकारी ह्याकरले बेच्दै

काठमाडौं ।

टी मोबाइल अमेरिकाले ह्याकरहरूले यसको प्रणालीमा केहि डाटामा पहुँच प्राप्त गरेको पुष्टि गरेको छ। कम्पनीले यसको प्रणालीमा “अनधिकृत पहुँच” भएको उल्लेख गरेको हो जसमा ग्राहक डाटाको एक भाग एक परिचित साइबर अपराध फोरममा बिक्रीको लागी सूचीबद्ध गरिएको छ।

अमेरिकी मोबाइल क्यारियर जायन्ट, जसले गत बर्ष स्प्रिन्टसंग २६ अर्ब डलरको मर्जर पूरा गरेको थियो । कम्पनीको नेटवर्कमा घुसपैठको पुष्टि गरेपनि त्यहाँ कुनै व्यक्तिगत ग्राहक डाटा शामिल रहेको वा नरहेको अझैपनि निर्धारण गरीएको छैन्।

कम्पनीले यसको अनुसन्धानमा केहि समय लिने बताएको छ।

यसअघि ह्याकरले १० करोड भन्दा बढी ग्राहकहरुको डाटा बेचिरहेको भेटिएको थियो। सो ग्राहक डाटामा सामाजिक सुरक्षा नम्बर र डिभाइसको आईएमईआई नम्बर सहितको जानकारीहरु रहेको बताईएको छ।

सो ह्याकरले कम्पनीका करिब ३ करोड ग्राहकहरुको डाटा २ लाख ७० हजार डलर वा ६ बिटक्वाइन मूल्यमा बिक्रीका लागि राखिरहेको छ। बाँकी डाटाहरु निजी च्यानलहरुको माध्यमबाट बेचेको बताईएको छ।

कम्पनीले ह्याकरको पहुँचलाई हाल बन्द गरिसकेको जनाएको छ। एजेन्सीहरु

*हेडलाईन सम्पादित

सम्बन्धित-

व्यापक डाटा चोरी दावीको अनुसन्धान गर्दै अमेरिकी क्यारियर कम्पनी टी मोबाइल

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...