गुगलको एप्रिकट सबसी केबलले एशियाली कनेक्शन अझ मजबुत बनाउने दावी

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार
गुगलको एप्रिकट सबसी केबलले एशियाली कनेक्शन अझ मजबुत बनाउने दावी

काठमाडौं ।

गुगलले हालै एप्रिकट नामको सबसी केबलको घोषणा गरेको छ। यसबाट एसियाका सिंगापुर जापान, गुआम, फिलिपिन्स, ताइवान तथा इन्डोनेसियाबीच अन्तरआबद्धता अझ मजबुत हुने अपेक्षा गरिएको छ।

एप्रिकट केबल सेवाका लागि सन् २०२४ मा तयार हुने र यसले हालै घोषणा गरिएको अमेरिका, गुआम, सिंगापुर र इन्डोनेसिया जोड्ने इको केबल परियोजनाको परपूरकको भूमिका निर्वाह गर्ने बुझिएको छ।

यी दुवै केबल परियोजनाले गुगल क्लाउड तथा ‌डिजिटल सेवाका लागि उच्च स्तरको उत्थानशीलता सुनिश्चि गर्नका लागि गुगललाई दक्षिणी एसियामार्फत् नोलो बाटो उपलब्ध गराउने गुगल ग्लोबल नेटवर्किङका उपाध्यक्ष तथा दूरसञ्चारका लागि गुगल क्लाउडका प्रविधि र रणनीति प्रमुख विकास कोलेले जानकारी दिए।

उनका अनुसार यी केबलले एसियाली व्यवसायहरुलाई दक्षिणपूर्वी एसिया, उत्री एसिया तथा अमेरिकासँगको कनेक्टिभिटीमा कम लेटेन्सी, धेरै ब्यान्डविथ तथा बढ्दो उत्थानशीलता सहितको सेवा प्रदान गर्नेछन्। इको परियोजना आगामी सन् २०२३ मा सेवाका लागि तयार हुने बुझिएको छ।

गुगलले अमेरिका र यूरोपबीच पनि सबसी केबल पूर्वाधार निर्माण गरिरहेको छ। यसै वर्षको शुरुवातमा कम्पनीले अमेरिकाको भर्जिनिया बीचलाई फ्रेन्च एटलान्टिक कोस्टको सेन्ट-हिलेयर-डे-रियाजसँग जोड्ने डुनान्ट सबसी केबलको शुरुवात गरेको थियो। यो परियोजना पूरा हुन २ वर्ष लागेको थियो भने यसले एटलान्टिक सागर हुँदै २५० टेराबिट प्रतसेकेन्डको ब्यान्डविथ दिने क्षमता राख्दछ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार