ब्राजिलको नेशनल ट्रेजरीमा र्यान्समवेयर हमला

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार
ब्राजिलको नेशनल ट्रेजरीमा र्यान्समवेयर हमला

काठमाडौं ।

ब्राजिल सरकारले एउटा नोट निकालेर शुक्रबार नेशनल ट्रेजरीमा र्यान्समवेयर हमला भएको जानकारी दिएको छ।

ब्राजिलको अर्थ मन्त्रालयको विज्ञप्ति अनुसार उक्त हमलाबाट हुन सक्ने हानी रोक्न आवश्यक प्रारम्भिक उपायहरु अपनाइसकिएको छ।

प्रारम्भिक जाँचबाट सार्वजनिक ऋण प्रशासनजस्ता नेशनल ट्रेजरीको संरचनागत प्रणालीमा कुनै क्षति नपुगेको पाइएको छ।

र्यान्समवयर हमलाको प्रभावका बारेमा नेशनल ट्रेजरी तथा डिजिटल गभर्नमेन्ट सेक्रेटरियटका सुरक्षा विज्ञहरुले अध्ययन गरिरहेका छन्।

संघीय प्रहरीलाई पनि यसबारे जानकारी गराइएको बताउँदै मन्त्रालयले यसबारे भएका विकासका बारेमा समय समयमा पारदर्शी रुपमा जानकारी गराउँदै जाने बताएको छ।

ब्राजिलको स्टक एक्सचेन्जसँगको संयुक्त वक्तव्यमा उक्त हमलाले सर्वसाधारणका लागि ब्राजिल सरकारको ऋणपत्र बिक्री कार्यक्रम टेजुरो डिरेटोमा कुनै असर नपारेको बताइएको छ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...