ह्वावेको नोभा ९ सिरिज स्मार्टफोन अर्को महिना आउने

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार
ह्वावेको नोभा ९ सिरिज स्मार्टफोन अर्को महिना आउने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो नोभा ९ सिरिजको स्मार्टफोन अर्को महिना अर्थात् सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले नोभा ८ र नोभा ८ प्रो गत वर्ष डिसेम्बरमा सार्वजनिक गरेको थियो। तर केही समयमै यसको नयाँ भर्सन अर्थात् नोभा ९ सिरिजको तयारीमा कम्पनी जुटेको बुझिएको छ।

हालै चीन बाहिर चलेको एउटा चर्चाका अनुसार नोभा ८ बजारमा आएको पनि ९ महिनामात्र भए पनि यी फोनहरु सेप्टेम्बरको आधाआधीमा सार्वजनिक गरिनेछन्।

नोभा ९ डिभाइसहरु अनर ५० को तुलनामा आकर्षक डिजाइन र रंगमा उपलब्ध हुने बताइएको छ। तर अनर ५० सँगको तुलनामा नोभा ८ र ८ प्रो मा प्रोसेसर भने शक्तिशाली थिएन।

अनर ५० मा स्न्यापड्रागन ७७८जी चिपसेट रहेको छ भने नोभा ८ र र ८ प्रो मा किरिन ९८५ राखिएको थियो। नोभा ९ मा भने कुन चिपसेट रहने भन्ने यकिन छैन। तर यसमा फाइभजी सपोर्ट भने रहने आकलन गरिएको छ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १ भाद्र २०७८, मंगलवार