नेपाल टेलिकमको बाँकी बक्यौता असोजसम्म तिर्दा जरिवाना छुट, नतिर्नेको नाम कालोसूचीमा राखिने

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार
नेपाल टेलिकमको बाँकी बक्यौता असोजसम्म तिर्दा जरिवाना छुट, नतिर्नेको नाम कालोसूचीमा राखिने

काठमाडौं ।

नेपाल टेलिकमको टेलिफोन सेवाको बाँकी पुरानो बाँकी बक्यौता महशुल रकम आगामी असोज महिनासम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट दिने भएको छ।

कम्पनीले हालै सूचना प्रकाशित गर्दै गत २०७६ असार मसान्त सम्मको नेपाल टेलिकमको सेवाहरु ल्याण्डलाइन, सिडिएमए, एडिएसएल, एफटिटिएच, लीज लाइनलगायतका सेवाहरुको पुरानो बाँकी बक्यौता महशुल २०७८ असोज मसान्तसम्म तिरेमा जरिवाना छुट दिईने जानकारी दिएको हो ।

कम्पनीले सो अवधिभित्र बाँकी बक्यौता महशुल तिरेर छुटको फाईदा लिन समेत भनेको छ ।

सो अवधिभित्रमा समेत बाँकी बक्यौता रकम नतिर्ने ग्राहकहरुको नाम सार्वजनिकरुपमा प्रकाशित गर्ने र कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गरिने चेतावनी दिएको छ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...