साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने

  • Technology Khabar | १ भाद्र २०७८, मंगलवार
साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं ।

अब साझा यातायातको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने भएको छ। एभरेष्ट बैंक लिमिटेडले साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पमा क्यूआर कोड जडान गरेसगैँ भुक्तानी गर्न सकिने भएको हो।

सो सेवाको शुभारम्भ एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका हुन ।

साझाका पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्यूआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझाको पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

बैंकमा हालसम्म १०४ शाखा, १३६ एटीएमबाट ११ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार