आउडीद्वारा आकार ठूलो सानो बनाउन मिल्ने स्वचालित कन्सेप्ट कार सार्वजनिक

  • Technology Khabar | ३२ श्रावण २०७८, सोमबार
आउडीद्वारा आकार ठूलो सानो बनाउन मिल्ने स्वचालित कन्सेप्ट कार सार्वजनिक

काठमाडौं ।

अटोमोबाइल ब्रान्ड आउडीले हालै निकालेको स्काइस्फियर नामको कन्सेप्ट कार आफैं चल्ने कम्पनीले दावी गरेको छ। तर जब यसले मानव चालकबाट स्वचालित अवस्थामा परिवर्तन गर्दा गाडीको आकार १० इन्च लामो हुन्छ।

यो मोडमा आएपछि कारको लामो हूड अगाडिपट्टि फैलिन्छ र स्टीरिङ ह्वील तथा पेडल आफसेआफ फोल्ड हुन्छन्। ड्राइभरपट्टिको ड्याशबोर्ड, गियर सेलेक्टर पनि तानिन्छ र ड्राइभरले आराम गर्ने मोका पाउँछ।

स्काइस्फियर एउटा विद्युतीय गाडी भएकाले यसो हुन सम्भव भएको हो। यसको मोटर सिट पछाडि हुने भएकाले हूडमुनि खासै केही हुँदैन र स्वचालित मोडमा जाँदा अगाडिको भाग अझ अगाडि तन्किन सम्भव भएको हो।

स्वचालित मोडमा स्काइस्फियर एउटा लामो र आरामदायी यात्राका लागि डिजाइन गरिएको दुई सिटे टुरिङ कारजस्तै हुन्छ। यसको ह्वीलबेस लामो हुन्छ जसले गर्दा हाइवेमा कारको स्थायित्व बढी हुन्छ। यसबाहेक स्टीरिङ ह्वील र पेडल पनि नहुँदा ड्राइभरले आराम गर्न पाउँछ।

‘ड्राइभिङ एउटा सुन्दर अनुभव भएको कुरामा हामी अझै विश्वस्त छाैं र यो अनुभव हामी भविष्यमा पनि प्रदान गर्नेछाैं’, आउडी ब्रान्डका प्रमुख हेन्रिक वेन्डर्सले पत्रकारहरु समक्ष एउटा प्रस्तुतिका क्रममा भने।

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...