
काठमाडौं ।
अमेरिकी क्यारियर कम्पनी टी मोबाइलले हालै दाबी गरिएको डाटा उल्लंघनको विषयमा अनुसन्धान गरिरहेको छ। क्यारियरले मदरबोर्डलाई एक विज्ञप्तीमा एक “भूमिगत फोरम” सदस्यको दाबीको अनुसन्धान गरीरहेको बताएको छ जसमा उनीहरुले १० करोड भन्दा बढी ग्राहकहरुको डाटा बेचिरहेको बताएका छन्।
सो ग्राहक डाटामा सामाजिक सुरक्षा नम्बर र डिभाइसको आईएमईआई नम्बर सहितको जानकारीहरु रहेको बताईएको छ। जबकि उल्लंघनको मात्रा अझै प्रमाणित भएको छैन, तर मदरबोर्डले केहि डाटाको प्रामाणिकता पुष्टि गरेको छ।
सो ह्याकरले कम्पनीका करिब ३ करोड ग्राहकहरुको डाटा २लाख ७० हजार डलर बराबर मूल्यमा बिटक्वाइनमा बिक्रीका लागि राखिरहेको छ।बाँकी डाटाहरु निजी च्यानलहरुको माध्यमबाट बेचेको बताईएको छ।
यो निश्चित छैन कि कसरी अपराधीले सो जानकारी प्राप्त गर्यो। टी-मोबाइलले आक्रमणकारीलाई सर्भरबाट बाहिर निकालेको थियो, तर उनीहरुले त्यसअगाडी नै सामग्री डाउनलोड गरेका र ब्याकअप गरिएको बताईएको छ ।
सो नेटवर्कमा हालैका वर्षहरुमा उल्लंघनका घट्नाहरु निकै कम भएको छ। यसअघि ह्याकरहरूले २०१९ को अन्त्यमा संवेदनशील ग्राहकको जानकारीसँग सम्झौता गरेका थिए भने २०२० को अन्त्यतिर भएको आक्रममा २,००,००० प्रयोगकर्ताहरुका सीमित डाटा चोरिएका थिए।
तर यदि फोरमको दाबी सही भएको खण्डमा यो धेरै गम्भीर विषय हुनेछ। टी-मोबाइल २०२१ को दोस्रो क्वाटरको रूपमा १० करोड ४७ लाख भन्दा बढी ग्राहकहरु थिए र यो डाटा ब्रिचको घट्नामा गभग हरेक प्रयोगकर्तालाई असर गर्न सक्छ। एजेन्सी
प्रकाशित: ३२ श्रावण २०७८, सोमबार