ह्वावेद्वारा विश्वव्यापी रुपमा बृहत् कर्मचारी भर्ना शुरु

  • Technology Khabar | ३२ श्रावण २०७८, सोमबार
ह्वावेद्वारा विश्वव्यापी रुपमा बृहत् कर्मचारी भर्ना शुरु

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेको आधिकारिक रिक्रुटमेन्ट साइटका अनुसार ह्वावेले आफ्नो विश्वव्यापी बृहत् कर्मचारी भर्ना योजना शुरु गरेको छ।

ह्वावेको रिक्रुटमेन्ट पोस्टरमा दिइए अनुसार यो योजनामा फरक फरक वर्गका मानिसहरुका लागि विभिन्न तहमा भर्ना खुलेको छ।

कम्पनीले हाल भर्ना लिन लागेकाहरुमा विश्वभरबाट प्रतिभाशाली पोस्ट डक्टरल अनुसन्धाताहरु तथा चीनका विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु रहेका बुझिएको छ।

यीमध्ये पनि हालै मात्र चिनियाँ विश्वविद्यालयबाट पढाइ सकेका विद्यार्थीहरुलाई सन् २०२२ जनवरी १ देखि २०२२ डिसेम्बर ३१ तथा विश्वका विभिन्न विश्वविद्यालयबाट स्नातक गरेकाहरुका लागि २०२१ जनवरी १ देखि २०२२ डिसेम्बर ३१ सम्म भर्ना लिने कम्पनीको नीति रहेको छ।

ह्वावेले यो योजनाबाट भर्ती गरेका कर्मचारीहरुलाई शेन्जेन, बेइजिङ, शांघाइ, हाङझोउ, नान्जिन, वुहान, शियान, छेङ्दु डोगुआन र सुझोउलगायतका स्थानमा काममा खटाउने बुझिएको छ।

इच्छुक विद्यार्थीहरुले आफ्नो बायो डाटा र आफूले भर्ती हुन चाहेको पद समावेश गरेर ह्वावेको रिक्रुटमेन्ट वेबसाइमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। यसरी आवेदन दिनेमध्ये पहिलो पटक छनोटमा पर्न सफल हुनेलाई अन्तिम अन्तरवार्तामा बोलाइनेछ।

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३२ श्रावण २०७८, सोमबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३२ श्रावण २०७८, सोमबार

NOC from Nagarik App

  • ३२ श्रावण २०७८, सोमबार

E-pension verification system launched

  • ३२ श्रावण २०७८, सोमबार