चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’ को नेपालमा डिजिटल प्लेटफर्म सार्वजनिक

  • Technology Khabar | ३२ श्रावण २०७८, सोमबार
चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’ को नेपालमा डिजिटल प्लेटफर्म सार्वजनिक

काठमाडौं ।

चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ छिटै नेपाली बजारमा आउने भएको छ।

औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाइट http://changannepal.com/ फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले छिटै नेपाली बजारमा आफ्नो उपस्थिति हुने जानकारी दिएको हो।

नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको बताइएको छ।

कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ। ग्राहकहरुलाई उक्त प्लेटफर्म मार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्ने कम्पनीले उल्लेख गरेको छ।

साथै, कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरु मार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा प्रतियोगिता पनि सञ्चालन गरेको छ।

जस अन्तर्गत कम्पनीले पहिलो एक सय जना फलोअर मध्येबाट भाग्यशाली दस विजेता छान्ने र आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ।

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • ३२ श्रावण २०७८, सोमबार