सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

  • Technology Khabar | ३२ श्रावण २०७८, सोमबार
सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं ।

बाँकेमा केही समययता विभिन्न खालका चिट्ठा पर्याे, लटरी निस्कियो र पुरस्कार पर्यो भनेर सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ।

जिल्लामा रहेका ह्वाटसप, फेसबुक र इमोका प्रयोगकर्तालाई चिट्ठा पर्यो, लटरी निस्कियो वा नगद पुरस्कार पर्याे भनेर बैङ्क खाता खोल्ने, खाता माग्ने तथा ओटीपी माग गरेर ठगी गर्ने गरिएको भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले सामाजिक सञ्जाललगायत प्रविधिको प्रयोग गरेर जिल्लामा ठगीका घटना वृद्धि हुँदै गएको बताए । पछिल्ला दिनमा लटरी तथा पुरस्कार पर्यो भन्दै त्यसबापत केही शुल्क लाग्ने र पठाएपछि पुरस्कार दिने भन्दै रकम ठगी गरेर सम्पर्कविहीन हुने घटनाको उजुरी आउने क्रम बढेको प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।

प्रहरीले पछिल्लो पटक यस्तै प्रकृतिको करिब एक लाख ७५ हजार रुपियाँ ठगी भएको भन्दै उजुरी आएको जानकारी दिएको छ ।

“अनलाइन ठगीको उजुरीमा अनुसन्धान गरिरहेका छौँ,” प्रहरी प्रवक्ता न्यौपानेले भने । उनले ठगीबाट जोगिन आफ्नो व्यक्तिगत विवरण कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न, कसैलाई बैङ्क खाता नम्बर नदिन तथा त्यस्ताहरूको विश्वास नगर्न सबैसँग आग्रह गरेका छन् ।

प्रहरीका अनुसार दुई दिनअघि मात्र नेपालगञ्ज सेतु विक चोकका एक व्यक्तिलाई २५ लाख चिट्ठा परेको भन्दै सन्देश (म्यासेज) आयो । उनी ठगीबारे जानकार भएकाले म्यासेज पठाउनेलाई प्रहरीलाई खबर गर्छु भनेपछि अर्को म्यासेज आएन् । गोरखापत्र

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार