सन् २०२३ भित्र विद्युतीय सवारीले प्रतिफल दिने फक्सकनको अपेक्षा

  • Technology Khabar | ३२ श्रावण २०७८, सोमबार
सन् २०२३ भित्र विद्युतीय सवारीले प्रतिफल दिने फक्सकनको अपेक्षा

काठमाडौं ।

फक्सकनले आफ्नो विद्युतीय सवारी व्यवसायले आगामी सन् २०२३ सम्म आम्दानी दिन थाल्ने अपेक्षा गरेको छ।

त्यसबेला सम्म कम्पनीको अमेरिका र थाइल्यान्डमा रहेका फ्याक्ट्रीहरुमा विद्युतीय सवारी उत्पादन शुरु भइसक्ने तालिका रहेको छ।

फक्सकनका अध्यक्ष यङ-वे लिउले हालै लगानीकर्ताहरुको बैठकमा कम्पनीले नेदरल्यान्ड्सको स्टेलान्टिस, थाइल्यान्डको पीटीटी तथा ताइवानको गोगोरो र स्यान्-टी ग्रुपसँग विद्युतीय सवारी विकास सम्बन्धमा साझेदारी गरेको बताएका छन्।

कम्पनीले विद्युतीय सवारीको ब्याट्री निर्माणका लागि गिगासोलर तथा एसईएससङ्ग साझेदारी गरेर नयाँ उर्जा कार उद्योगका लागि ताइवानको सीटीबीसी सँग कोष पनि स्थापना गरिसकेको छ।

यसका साथै कम्पनीले विद्युतीय कारका लागि मुख्य प्रविधि विकासका लागि जापानको निडेकसँग ताइवानमा साझेदारी गरिसकेको छ।

फक्सकनले बनाएका विद्युतीय बस ताइवानका सडकमा सन् २०२२ सम्ममा देखिने अपेक्षा गरिएको छ। तर समग्र विद्युतीय गाडीको व्यवसायबाट आम्दानी हुन भने २०२३ सम्म लाग्ने कम्पनीको अनुमान छ।

लिउले आफ्ना विद्युतीय सवारीको विश्वव्यापी पहुँच सन् २०२५ सम्म २० प्रतिशत हुने अपेक्षा गरेका छन् जुन बजारका हिसाबले ६ खर्ब डलर बराबर हो।

फक्सकनको विश्वव्यापी रुपमा विद्युतीय सवारीमा ५ प्रतिशत तथा ४० प्रतिशत घरेलु उत्पादन दर हासिल गर्ने लक्षुय विद्युतीय सवारी तथा स्मार्ट सिस्टमको विकासका कारण सम्भव हुने देखिएको छ।

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...