युवा यूजरलाई लक्षित गर्दै टिकटकद्वारा नयाँ सुरक्षा उपायहरु थप

  • Technology Khabar | ३१ श्रावण २०७८, आईतवार
युवा यूजरलाई लक्षित गर्दै टिकटकद्वारा नयाँ सुरक्षा उपायहरु थप

काठमाडौं ।

छोटा भिडियो शेयरिङ एप टिकटकले युवा यूजरहरुको सुरक्षालाई मध्यनजर गर्दै केही सुरक्षात्मक उपायहरु सार्वजनिक गरेको छ।्

केही समययता गुगल तथा इन्स्टाग्रामले पनि बालबालिका र किशोरकिशोरीहरुको सुरक्षाका लागि विभिन्न उपायहरु ल्याएकोमा अब टिकटकले पनि सोही बाटो अपनाएको बुझ्न सकिन्छ।

अहिलेको नियमअनुसार अब टिकटकमा ज्वाइन गर्ने नाबलिगहरुले ‘डाइरेक्ट मेसेज’ लाई ‘नो वन’ बनाउनुपर्नेछ।

कहिले अरुलाई डाइरेक्ट मेसेज नगरेका हालका यूजरलाई एपले प्राइभेसी सेटिङ्स समीक्षा गर्न नोटिफिकेशन पठाउनेछ।

१६ वर्षमुनिका यूजरले भिडियो पब्लिश गर्न तयारी गर्दा उक्त भिडियो कसले हेर्न मिल्ने र नमिल्ने निर्क्योल गर्न उनीहरुले पप अप मेसेज पाउनेछन्।

उक्त अप्शनमा फलोअर फलो ब्याक गरेका साथीका लागि फ्रेन्ड्स र वन्ली मी रहेका छन्। उनीहरुले यी मध्ये एउटा अप्शन नछानी भिडियो पोस्ट गर्न सक्ने छैनन्।

यसमा एभ्रीवन भन्ने अप्शन छैन। १३ देखि १५ वर्षका यूजरका लागि स्वत: प्राइभेटमा जाने र अन्य कुनै अप्शन ती उमेर समूहलाई उपलब्ध छैन।

किशोर किशोरीले पनि आफ्ना भिडियो कसले डाउनलोड गर्न सक्छन् भन्ने अप्शन छान्न सक्छन्।

१६ देखि १७ वर्षका यूजरहरुले डाउनलोड अप्शन अन गरेमा उनीहरुले आफ्ना भिडियो अरुले डाउनलोड गरेर अन्य प्लेटफर्ममा शेयर गर्न सक्नेछन् भन्ने पक्का गर्न लगाइन्छ।

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ श्रावण २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

E-pension verification system launched

  • ३१ श्रावण २०७८, आईतवार