आईफोन १३ मा पहिलेका मोडलभन्दा सुधारिएको ब्याट्री फाइभजी सपोर्ट रहने

  • Technology Khabar | ३१ श्रावण २०७८, आईतवार
आईफोन १३ मा पहिलेका मोडलभन्दा सुधारिएको ब्याट्री फाइभजी सपोर्ट रहने

काठमाडौं ।

हालै जारी एक रिपोर्ट अनुसार आईफोन १३ सिरिज पहिलेका मोडलभन्दा सुधारिएको ब्याट्री क्षमता तथा अझ बढी फाइभजी सपोर्टका साथ आउने भएको छ।

यस सम्बन्धमा एप्पलले पनि नयाँ क्यामरा एसेम्बल प्रविधि शुरु गरेको बताइएकाले त्यसले पनि मूल्यमा केही राहत हुने आकलन गरिएको छ।

यसबाहेक आईफोनका पार्टपुर्जा आपूर्तिकर्ता फक्सकनले हाल चलिरहेको उत्पादनको समस्याका कारण आईफोन १३ को पार्टपुर्जा आपूर्तिमा कठिनाइ आउन सक्ने बताएको छ। यो मोडल सेप्टेम्बर हाराहारीमा सार्वजनिक हुने बुझिएको छ।

बजार अनुसन्धान संस्था ट्रेन्डफोर्सले आफ्नो हालैको प्रेस नोटमा आईफोन १२ सिरिज नयाँ चार्जिङ सर्किट बोर्डसहित आउने र ठाउँ बचाउनका लागि एउटा सिस्टम-इन-प्याक एसआईपी पनि त्यसमै समावेश हुने उल्लेख गरेको छ।

यसले एप्पलमा ठूलो ब्याट्री प्याक राख्न सहज हुनेछ।

उक्त संस्थाले आईफोन १३ मोडलमा ५एनएम नोडमा आधारित नेक्स्ट जेनेरेशन चिपसेट प्रयोग हुने बताएको छ। यसबाहेक नयाँ आईफोन भर्सनमा एमएमवेभ प्रयोग गरिएकाले फाइभजी कनेक्टिभिटी पहिलेका मोडलमा भन्दा अझ मजबुत हुने बताइएको छ।

साथमा अपग्रेड गरिएको डिस्प्ले तथा क्याम् सेन्सर रहने पनि अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ श्रावण २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

E-pension verification system launched

  • ३१ श्रावण २०७८, आईतवार