शाओमीद्वारा नयाँ १०० वाट वायरलेस चार्जिङ स्ट्यान्ड सार्वजनिक, मूल्य जम्मा ९२ डलर

  • Technology Khabar | ३१ श्रावण २०७८, आईतवार
शाओमीद्वारा नयाँ १०० वाट वायरलेस चार्जिङ स्ट्यान्ड सार्वजनिक, मूल्य जम्मा ९२ डलर

काठमाडौं ।

शाओमीले १०० वाटको वायरलेस चार्जर आधिकारिक रुपमा सार्वजनिक गरेको छ। यो डिभाइस यसअघिको बजारमा उपलब्ध ८० वाट मोडलसँग आएजस्तै रहेको छ।

८० वाटको चार्जर गत वर्ष सार्वजनिक भएको थियो। यसलाई कम्पनीले केही समय केही फरक डिजाइनमा अफरमा पनि बिक्री गरेको थियो।

अहिले भने यो स्ट्यान्ड १०० वाट चार्जरसँग आएको हो।

यी स्ट्यान्डमा डिभाइसलाई ठाडो वा तेर्सो जसरी पनि राख्न सकिन्छ। १००वाट मोडल कालोमा सुनैलो रंगमा उपलब्ध छ भने ८० वाट मोडल सेतोमा सुनैलो रंगको सम्मिश्रणमा उपलब्ध छ।

यो नयाँ मोडल स्ट्यान्डर्ड क्यूआई चार्जिङ प्रविधिमा आधारित छ र यसमा डुअल क्वाइल डिजाइन रहेको छ।

फिचरका हिसाबले नयाँ मोडलमा अघिल्लो मोडलमा भएका अतिरिक्त करेन्ट क्यालिब्रेशन प्रोटेक्न लेयर दिइएको छ जसले ओभर करेन्ट, ओभर भोल्टेज, ओभर टेम्परेचर तथा इलेक्ट्रोस्टेटिक प्रोटेक्शन र फरेन अब्जेक्ट डिटेक्शनलाई जस्ताको तस्तै कायम राखिएको छ।

यो नयाँ र सुधारिएको चार्जिङ स्ट्यान्ड अगस्ट १६ देखि चीनमा बिक्री शुरु हुने र यसको मूल्य ५९९ युआन अर्थात् ९२ डलर आसपास रहने बुझिएको छ। तर यो विश्वव्यापी रुपमा उपलब्ध हुने बारेमा भने केही बताइएको छैन।

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ श्रावण २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

E-pension verification system launched

  • ३१ श्रावण २०७८, आईतवार