चिनियाँ चिप निर्माता यूनिसोकद्वारा भारतमा रियलमी, मोटोरोला तथा माइक्रोम्याक्ससँग साझेदारी

  • Technology Khabar | ३१ श्रावण २०७८, आईतवार
चिनियाँ चिप निर्माता यूनिसोकद्वारा भारतमा रियलमी, मोटोरोला तथा माइक्रोम्याक्ससँग साझेदारी

काठमाडौं ।

अघिल्लो महिना माइक्रोम्याक्सले यूनिसोक टी५१० चिपसेटयुक्त आईएन २बी इन्ट्री लेभल स्मार्टफोन सार्वजनिक गर्यो।

यो स्मार्टफोन यूनिसोकको यो चिपसेट राखेर भातमा सार्वजनिक गरिएको पहिलो डिभाइस हो। तर हालै यूनिसोकका कार्यकारी उपाध्यक्षले गिजबोटलाई बताए अनुसार भातममा टी६१० चिपसेटयुक्त थुप्रै फोनहरु आउने बताएका छन्।

यूनिसोकका कार्यकारी उपाध्यक्ष एरिक ‍झोउले कम्पनीले यसअघि नै आउँदो महिना स्मार्टफोन सार्वजनिक गर्न लागेका थुप्रै भारतीय तथा चिनियाँ स्मार्टफोन कम्पनीसँग छलफल गरिसकिएको बताएका छन्।

यूनिसोकले रियलमी माइक्रोम्याक्स तथा मोटोरोलासङ्ग यूनिसोक टी६१० मोबाइल फोन भारतमा ल्याउने सम्बन्धमा साझेदारी गरेको हो। यी ब्रान्डमध्ये माइक्रोम्याक्सले यसअघि नै आईएन २बी बजारमा ल्याइसकेको छ।

यसबाहेक यूनिसोकले अनर हाइसेन्स तथा टेलकास्टसँग विश्व बजारका लागि साझेदारी गरेको बुझिएको छ।

चिनियाँ चिप निर्माता कम्पनी यूनिसोकले हालसम्म विश्वका १२८ राष्ट्रहरुमा आफ्नो उपस्थिति जनाइसकेको छ।

कम्पनीले हाल आफ्नो उत्पादन भात तथा भारतीय फोन निर्माताहरुसम्म फैलाउने योजना बनाएको बुझिएको छ।

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ श्रावण २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ श्रावण २०७८, आईतवार

E-pension verification system launched

  • ३१ श्रावण २०७८, आईतवार