काठमाडौं ।
अमेजनका संस्थापक जेफ बेजोसले गत महिना अन्तरिक्षमा पुगेर केही समय शून्य गुरुत्वको अनुभव लिए।
त्यहाँबाट पृथ्वीमा फर्केपछि उनले अमेजनका उपभोक्तालाई आफ्नो अन्तरिक्ष यात्राका लागि आर्थिक सहयोग गरेकोमा धन्यबाद दिए।
उनको यो अभिव्यक्ति उनका लागि प्रत्युत्पादक बन्यो। अमेजनका थुप्रै उपभोक्ताले आफूहरु अर्बपतिको निजी अन्तरिक्षयात्राका लागि आर्थिक सहयोग गर्ने कुराको विरुद्धमा रहेको बताएका छन्।
तीमध्ये केहीले बेजोसले यसबाट धनको तुजुक देखाउन खोजेकाले आफूहरु प्राइम सब्सक्रिप्शन रद्द गर्न बाध्य भएको सुनाए।
बेजोसको गत जुलाई २० को अन्तरिक्षयात्रा ब्लू ओरिजिनले व्यावसायिक रुपमा अन्तरिक्षयात्री र अन्य धनाढ्यलाई अन्तरिक्षमा लैजान शुरु गर्नुअघिको परीक्षण उडान थियो।
बेजोसले अमेजनका उपभोक्तालाई धन्यवाद दिँदै गर्दा कतिपयले उक्त अभिव्यक्ति ‘टोन डेफ’ रहेको आरोप लगाएका थिए।
प्रकाशित: ३१ श्रावण २०७८, आईतवार