सामाजिक सञ्जाल रेडिटको एपमा टिकटकको जस्तै भिडियो फीड उपलब्ध

  • Technology Khabar | ३१ श्रावण २०७८, आईतवार
सामाजिक सञ्जाल रेडिटको एपमा टिकटकको जस्तै भिडियो फीड उपलब्ध

काठमाडौं ।

रेडिटले शुक्रवार आफ्नो मोबाइल एपको लागी एक नयाँ भिडियो फिड घोषणा गरेको छ। यसले एकै ठाउँमा सामाजिक नेटवर्कको भिडियो सामग्री हेर्नको लागी सजिलो बनाउने छ।

यसको इन्टरफेस तपाईँलाई परिचित जस्तै देखिन्छ,किनकि यो निस्सन्देह टिकटकद्वारा प्रेरित छ। पछिल्लो दिनमा टिकटक आएसँगै छोटो भिडियो प्लेटफर्मको लोकप्रियता बढिरहेको छ ।

भिडियो फिड खोज्न सर्च बारको दायाँ छेउमा अवस्थित एक नयाँ बटनको माध्यम बाट पहुँच गर्न सकिन्छ। एक पटक प्रयोगकर्ताले यसलाई ट्याप गरेपछि एपले एक ठाडो स्क्रोल सूचीमा पूर्ण स्क्रीन भिडियो देखाउँछ।

प्लेब्याक नियन्त्रणको अतिरिक्त, ईन्टरफेसमा अपभोटिङ्ग र डाउनभोटिङ्ग बटनको सुविधाहरु, साथै टिप्पणीहरु, साझेदारी, र पुरस्कार प्रदान लगायतका फिचर छन्।

द भर्जकाअनुसार नयाँ भिडियो फीडमा तपाईँले हाल फलो गरिरहेका सबरेडिटहरुले राखेका भिडियो मात्र नदेखाई अन्य च्यानलहरुबाट सुझाव दिएका भिडियोहरु समेत हेर्न सकिन्छ। रेडिटले कुन भिडियोहरु प्रत्येक प्रयोगकर्तालाई देखाइन्छ भनेर यसको लागि कसरी एल्गोरिदम छनौट गर्दछ भन्ने जानकारी दिएको छैन् ।

तर हाल यो भिडियो फिडको सुबिधा आईओएस एपमा मात्र उपलब्ध रहेको बताईएको छ ।

रेडिटमा हाल ५ करोड दैनिक सक्रिय प्रयोगकर्ताहरु १ लाख भन्दा धेरै सबरेडिटहरु होस्ट गरिरहेको छ ।

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ३१ श्रावण २०७८, आईतवार