स्मार्टवाच किन्दा यी सुविधाहरुको जाँच गर्नुहोस्, तपाईँ सँधै फाइदामा हुनुहुनेछ

  • Technology Khabar | ३० श्रावण २०७८, शनिबार
स्मार्टवाच किन्दा यी सुविधाहरुको जाँच गर्नुहोस्, तपाईँ सँधै फाइदामा हुनुहुनेछ

काठमाडौं ।

बिस्तारै मानिसहरु स्मार्ट ग्याजेट डिभाइसहरु अपनाइरहेका छन्। नेपालमा स्मार्टफोन सहित स्मार्टवाचको चलन पनि धेरै बढेको छ। बच्चादेखि वृद्धसम्म सबैलाई स्मार्टवाचले आकर्षित गरेको देखिन्छ। जसले गर्दा बजारमा स्मार्टवाचको बिक्री समेत बढेको छ।

अहिले धेरै कम्पनीहरुले पनि विभिन्न सुविधाहरुका साथ स्मार्टवाचहरु प्रदान गरीरहेका छन्, जहाँबाट तपाईँ स्वास्थ्यको निगरानी समेत गर्न सक्नुहुन्छ। यदि तपाइँ एक स्मार्टवाच किन्ने योजना बनाइरहनुभएको छ भने तपाईँले केहि महत्वपूर्ण कुराहरु थाहा पाउनु पर्छ, ताकि तपाईँ कम मूल्यमा राम्रो उत्पादन छनौट गर्न सक्नुहुन्छ।

यी सुझावहरुमा ध्यान दिनुस्ः

एडभान्स फिचरहरु जाँच गर्नुस्
आजभोली स्मार्टवाचहरु धेरै विशेष सुविधाहरुका साथ उपलब्ध छन्। यसको माध्यमबाट, तपाईँ मुटुको धडकन दर, रक्तचाप र तपाइँको दैनिक गतिविधिको निगरानी गर्न सक्नुहुन्छ। यो मात्र होईन, तपाइँ सुत्ने बेला यो लगाएर तपाईँको निद्रा चक्रको समेत निगरानी गर्न सक्नुहुन्छ। त्यसैले, स्मार्टवाच किन्नु अघि, एडभान्स सुविधाहरुको बारेमा पूर्ण जानकारी प्राप्त गर्नुहोस्।

स्मार्टफोनसँग कनेक्ट
राम्रो स्मार्टवाचहरु तपाइँको स्मार्टफोनसंग जोडिएको हुन्छ र तपाईँ तिनीहरुको माध्यम बाट तपाईँको कल र सन्देशहरुलाई नियन्त्रण गर्न सक्नुहुन्छ। यस बाहेक, तपाईँले स्मार्टवाचबाट संगीतलाई नियन्त्रण गर्न सक्नुहुन्छ। यदि तपाईँसँग राम्रो बजेट छ भने तपाईँ सकेसम्म नयाँ फिचरसहितका स्मार्टवाच किन्नुहोस्।

वाटरप्रुफ स्मार्टवाच
कहिलेकाँही स्मार्टवाच लगाएर नै मानिसहरु उनीहरु स्विमिंग पूलमा हाम फाल्छन्। यस्तो अवस्थामा स्मार्टवाच बिग्रने डर हुन्छ। यही कारणले तपाईँ सकेसम्म वाटरप्रुफ स्मार्टवाच किन्नुहोस्। यसले गर्दा तपाईँ चिन्ता बिना नै कुनै पनि काम गर्न सक्नुहुन्छ। गर्मीमा पसिना आउँदा पनी यस्तो स्मार्टवाचलाई असर गर्दैन।

अत्यधिक प्रयोग धेरै खतरनाक
धेरै मानिसहरु दिनरात स्मार्टवाच लगाउँछन्, जुन तपाईँको स्वास्थ्यको लागी हानिकारक छ। स्मार्टवाचबाट निस्कने विद्युतीय चुम्बकीय विकिरणले टाउको दुख्न सक्छ। यस बाहेक, स्मार्टवाच बारम्बार हेर्नुहुँदैन। यस कारण तपाईँको काममा ध्यान केन्द्रित गर्न सक्नुहुन्न। स्मार्टवाचको एक सीमा भित्र प्रयोग गर्नुपर्छ।

प्रकाशित: ३० श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार