माइक्रो ब्लगिंग साइट ट्विटरमा नयाँ फन्ट, ट्विटरको पहिलो स्वामित्वको फन्ट ‘चर्प’ प्रयोगमा

  • Technology Khabar | ३० श्रावण २०७८, शनिबार
माइक्रो ब्लगिंग साइट ट्विटरमा नयाँ फन्ट, ट्विटरको पहिलो स्वामित्वको फन्ट ‘चर्प’ प्रयोगमा

काठमाडौं ।

तपाईँले केहि दिनदेखि सोसल मिडिया प्लेटफर्म ट्विटरमा केहि फरक अनुभव पक्कै गर्नु भएको छ । कम्पनीले आफ्नो वेबसाइट र एपको नयाँ डिजाइनको उद्देश्यका साथ माइक्रो ब्लगिंग साइट ट्विटरले अब ट्विटर एप र फीडमा आफ्नो चर्प (Chirp) फन्ट रोल आउट गरीरहेको घोषणा गरेको छ।

कम्पनीले गत जनवरीमा पेश गरीएको एक व्यापक ब्रान्ड रिफ्रेसको भागको रुपमा चर्प फन्ट बिस्तार गरेको छ । जुन अब प्रयोगको लागी तयार छ।

कम्पनीले आफ्नो विज्ञप्तीमार्फत भन्यो, “हामीले वेब र फोनमा ट्विटर देखा पर्ने तरीकामा केहि परिवर्तन गरेका छौं। यद्यपि यो सुरुमा अनौठो लाग्न सक्छ। यो अपडेटले हामीलाई अधिक सुलभ, अद्वितीय र केन्द्रित बनाउँछ। जनवरीमा हामीले हाम्रो नयाँ फन्ट,चर्प जो तपाईँले प्रयोग गर्नको लागी तयार छ ।”

खैरो पृष्ठभूमि क्षेत्र कम

ट्विटरले खैरो पृष्ठभूमिको क्षेत्र घटाएको छ र अनावश्यक डिभाइडर लाइनहरुलाई हटाएको छ। सजिलो गरि पढ्न को लागी टेक्स्टको बीचको स्थान पनि बढाइएको छ। चर्प फन्ट ट्विटरको पहिलो स्वामित्व फन्ट हो र यसले प्लेटफर्ममा केहि व्यक्तित्व र विशिष्टता ल्याउने उद्देश्य रहेको छ।

फ्लीट सुविधा बन्द

यसैबिच कम्पनीले सबै पश्चिमी भाषा टेक्स्ट अब बायाँ तिर देखिने बताएको छ । जसले तपाईँ सजिलैसँग स्क्रोल गरिरहेको समय पढ्न सक्षम हुनुहुनेछ। तर त्यहाँ गैर पश्चिमी भाषाहरुमा कुनै परिवर्तन छैन्। यस महिना माइक्रो ब्लगिङ्ग साइटले इन्स्टाग्राम स्टोरीज जस्तै फिचर ‘फ्लीट्स’ बन्द गरेको छ। कम्पनीकाअनुसार अगस्त ३ देखि ट्विटर प्रयोगकर्ताहरुलाई सक्रिय स्पेस मात्र देखिनेछ जो प्रत्यक्ष अडियो च्याट रुम हो।

प्रकाशित: ३० श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...