प्रेस काउन्सिलले एकआपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
प्रेस काउन्सिलले एकआपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले एकआपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ।

काउन्सिलले शुक्रबार सूचना जारी गर्दै हाल दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियाहरुलाई आधार बनाई अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता गर्ने र मिडिया दर्ता गराई मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने जनाएको हो।

काउन्सिलको हालै बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था भएअनुसार त्यस बारेमा निर्णय गरेर सूचीकरण नगर्ने जनाएको हो ।

पछिल्लो दिनमा विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस बारेमा उजुरी तथा गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने जनाएको हो।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...