काठमाडौं ।
सरकारले ई-कमर्श प्रवर्द्धनका लागि डलर कार्ड सम्बन्धमा थप अध्ययन गरी प्रभावकारी बनाउने नीति लिएको छ।
आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महा प्रसाद अधिकारीले गत वर्ष जारी गरिएको ५०० अमेरिकी डलर सम्मको कार्डको उपयोग र कार्यान्वयन अवस्थाबारे अध्ययन गरी थप प्रभावकारी बनाउने भएको हो ।
गत वर्ष पुषमा वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने निर्णय गरेको थियो।
उक्त निर्णयपछि थुप्रै बैैकहरुले डलर कार्ड जारी गरेर सेवा प्रदान गरिरहेका छन्।
सम्बन्धित समाचार
वाणिज्य बैङ्कहरूले विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने
प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार