एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने, गुनासो पोर्टलको लिङ्क वित्तीय संस्थाको वेबसाइटमा राख्नुपर्ने

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने, गुनासो पोर्टलको लिङ्क वित्तीय संस्थाको वेबसाइटमा राख्नुपर्ने

काठमाडौं ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा एउटा एटिएम तथा शाखा कार्यालय अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था जारी गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महा प्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्न स्थानीय तहमा निश्चित संख्या भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा एक शाखा र एटिएम लाउञ्ज भएका स्थानमा एक एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था गरिने घोषणा गरे।

यसका साथै बैंक तथा वित्तीय संस्थाका काम कारवाही सम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले यस बैंकको गुनासो पोर्टलको लिङ्क आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...