दूर्गम क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने कम्पनीहरुलाई विशेष पुनर्कर्जा

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
दूर्गम क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने कम्पनीहरुलाई विशेष पुनर्कर्जा

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ब्रोडब्याण्ड  इन्टरनेट सेवा प्रयोग गर्दै दूर्गम क्षेत्रमा ब्रोडब्याण्ड विशेष इन्टरनेट सेवा पुर्याउने कम्पनीहरुलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ।

आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महा प्रसाद अधिकारीले ब्रोडब्याण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउने बताए ।

यसका साथै उनले डिजिटल भुक्तानीलाई प्रबद्र्धन गर्ने नीति लिएको बताए ।

उनले नगद कारोबारको गतिबिधिलाई घटाउँदै जाने गरी मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...