
काठमाडौं ।
सहकर्मीलाई याैन दुर्व्यवहार गरेको आरोप लागेका कर्मचारीलाई बर्खास्त गरेको चिनियाँ ई-कमर्स साइट अलिबाबाले बिहीबार कार्यकक्षको व्यवहार सुधार्ने थुप्रै नियमहरु सार्वजनिका गरेको छ।
यो नयाँ नीति सार्वजनिक गरिनुअघि एउटा आन्तरिक परिपत्रमार्फत् कम्पनीका कर्मचारीहरुसमक्ष जानकारी गराइएको थियो।
‘केहीदिन यता हामी थुप्रै छलफल र गृहकार्यमा जुटेर कार्यालयमा हुने याैन हिंसा र दुराचार रोक्न केही नियमहरु सार्वजनिक गर्ने निर्णय गरेका छो। यी नियमहरुमा हाम्रा इन्ट्रानेटमा आएका सुझाव, इमेलमा आएका नोट तथा डिङटक् च्याटग्रुपमा भएका छलफलका निष्कर्ष समेटिएका छन्,’ अलिबाबाले उक्त परिपत्रमा उल्लेख गरेको छ।
हालका नयाँ नियमहरु कार्यान्वयनका लागि कम्पनीले एउटा कार्यकक्ष व्यवहार समिति निर्माण गर्ने र यसले यसअघिका आचार संहिता तथा नीतिको समीक्षा गर्ने, याैन दुर्व्यवहारका बारेमा तालिम तथा सचेतना दिने, सुरक्षित स्पेस ग्रुप बनाउने र परामर्श तथा कानूनी सहयोग हटलाइन सेवा शुरु गर्ने रोयटर्सले लेखेको छ।
यो समितिले योन दुराचारसम्बन्धी कुनै पनि गुनासो र उजुरीमाथि अध्ययन गर्न एउटा स्वतन्त्र टोली गठन गर्ने बुझिएको छ।
प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार